काठमाडौं,१५ जेठ । संसदीय सुनुवाइ विशेष समितिले पूर्णता पाएसँगै सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ भोलिबाट सुरु हुने भएको छ ।
गत आइतबार प्रतिनिधिसभाका १२ र राष्ट्रियसभाका तीनसहित १५ सदस्यीय संसदीय सुनुवाय समिति गठन भएको थियो ।
समिति गठन भएसँगै भोलि विहान ८ बजे बस्नेगरि समितिको बैठक बोलाइएको छ ।
कार्की हाल सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश रहेका छन् । अब संसदीय सुनुवाइ समितिले उनको नाम अनुमोदन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नेछन् ।
गत वैशाख २५ मा बसेको संबैधानिक परिषद्को बैठकले कार्कीको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।
१५ सदस्यीय सुनुवाइ समितिमा नेपाली कांग्रेस र नेकपा एमालेका समान ५-५ तथा माओवादी केन्द्रका दुई र रास्वपा,राप्रपा,र जसपाका एक-एक सांसद रहेका छन् ।