काठमाडौं, १५ जेठ । मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८०/ ०८१ को बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आज (सोमबार) बसेको बैठकले बजेट स्वीकृत गरेको हो ।
अर्थमन्त्री प्रकाशशरण महतले आज संघीय सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दैछन् ।