काठमाडौं, १५ जेठ । ओखलढुंगाका एक आरोहीले नेपाली कांग्रेसको चारतारे झण्डा सगरमाथाको चुचुरोमा फहराएका छन् ।
ओखलढुंगाका ग्याल्जेन शेर्पाले नेपाली कांग्रेसको चारतारे झण्डा सगरमाथा चुचुरोमा फहराएका हुन् ।
खिजिदेम्वा–९, ओखलढुंगाका आरोही शेर्पाले राष्ट्रिय झण्डा र नेपाली कांग्रेसको चुनाव चिन्ह रुख अंकित झण्डा यही जेठ १० गते विहान ६ः३६ बजे सगरमाथामा फहराएका हुन् ।