Logo

नेपालको कूल ऋण दायित्व २१ खर्बभन्दा बढी



काठमाडौं, १५ जेठ । नेपालले तिर्नुपर्ने सार्वजनिक ऋणको दायित्व २१ खर्बभन्दा बढी रहेको छ । आन्तरिकतर्फ १० खर्ब ६३ अर्ब ६७ करोड र वैदेशिक ऋण १० खर्ब ७० अर्ब ६५ करोड गरी कूल ऋण दायित्व २१ खर्ब ३४ अर्ब ३२ करोड रुपैयाँ सार्वजनिक ऋणको दायित्व रहेको अर्थमन्त्री प्रकाशशरण महतले बताए ।

‘वैशाख मसान्तसम्म आन्तरिक ऋण १० खर्ब ६३ अर्ब ६७ करोड र वैदेशिक ऋण १० खर्ब ७० अर्ब ६५ करोड गरी कूल ऋण दायित्व २१ खर्ब ३४ अर्ब ३२ करोड रुपैयाँ रहेको छ,’– संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले भने ।

 



प्रतिक्रिया दिनुहोस्