Logo

अर्थतन्त्रलाई लयमा फर्काउन सरकार दृढ छ : अर्थमन्त्री महत



काठमाडौं,१५ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएको संकट समधान गर्दै लयमा फर्काउन सरकार दृढ रहेको बताएका छन् ।

आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले यस्तो उद्धघोष गरेका हुन् ।

‘अर्थतन्त्रलाई लयमा फर्काउन सरकार दृढ छ,’ महतले भने, ‘चुनौती र अवसरलाई मनन गर्दै सरकारी, नीजि र सहकारी क्षेत्रको लगानी विस्तार गरी उत्पदान, उत्तादकत्व र रोजगारीको अवसर बढाउने।’



प्रतिक्रिया दिनुहोस्