काठमाडौं,१५ जेठ । सरकारले आगामी वर्ष कृषिलाई मुख्य प्राथमिकता दिएर कृषि क्षेत्रको बजारीकरण गर्ने भएको छ ।
त्यस्को लागि जुम्लाको मार्सी धान, गुल्मीको सुन्तला,पाल्पा र सल्यानको अदुवालाई ब्रान्डिङ गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन् ।