काठमाडौं,१५ जेठ । सरकारले‘उत्पादन साथमा अुनदान हातमा’ भन्ने नाराका साथ कृषि अनुदानलाई उत्पादनमा आधारित बनाउने घोषणा गरेको छ ।
सोमाबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले बिउ खरिद, रसायनिक मल बिमा र यान्त्रिकिरणमा दिइँदै आएका अनुदानलाई उत्पादनमुलक बनाइने बताए । यसले गुनासो कम गर्दै उत्पादन बढाउने बताए ।