Logo

जग्गाको कित्ताकाट फुकुवा गरिने



काठमाडौं, १५ जेठ । सरकारले जग्गाको कित्ताकाट फुकुवा गर्ने भएको छ । केही समय अघिदेखि रोकिँदै आएको कित्ताकाट आगामी आर्थिक वर्षमा फुकुवा गरिने अर्थमन्त्री प्रकाशशरण महतले बताए । यसबाट घरजग्गा क्षेत्रको कारोबार वृद्धि हुने उनको भनाई छ ।

प्राङ्गरिक र प्राकृतिक खेतिलाई प्रवर्धनका लागि कार्यक्रम सञ्चालन गरिनेसमेत उनले बताए । माटो परीक्षणका लागि अनुदान व्यवस्था गरिएको पनि उनले बताए । कृषि पेशालाई सम्मानीत बनाउन पुरस्कारको व्यवस्था गरिएको समेत उनले बताए ।



प्रतिक्रिया दिनुहोस्