काठमाडौं, १६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले सांसद् विकासबारे प्रतिक्रिया दिएका छन्।
मङगलबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले सांसद् विकास कोष माओवादीको योजना नभएको तर बाध्यता आएको बताएका हुन्।
प्रधानमन्त्री दाहाललाई उदृत गर्दै बैठकमा उपस्थित् माओवादी केन्द्रका एक सांसद्ले भने, ‘सांसद् विकास कोष हाम्रो योजना होइन तर बाध्यता भयो, तर यसलाई कार्यविधि बनाएर व्यवस्थित गरिन्छ।’
प्रधानमन्त्री दाहालले कसले दबाब दिएको बारे केही नखुलाएको ती सांसद्ले बताए।