Logo

अर्थमन्त्री महतको चुनौती : स्वार्थपूर्वक बजेट चलाएको देखाए पद छोडेर हिँड्छु



काठमाडौं, १६ जेठ । अर्थमन्त्री डा प्रकाशशरण महतले आफूले स्वार्थपूर्वक बजेट चलाएको कसैले देखायो भने पद छोड्ने दाबी गरेका छन्।

मङ्गलबार संसद्‍मा बजेट प्रस्तुत गरेपछि मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेका मन्त्री महतले आफूले स्वार्थपूर्वक बजेट नचलाएको दाबी गरेका हुन्।

उनले भने, ‘कस्ता विषयहरू समावेश भएको र स्वार्थ समूहको विषयहरू समावेश नभए/नभएको साक्षी अर्थ मन्त्रालय छ। मैले व्यक्तिगत रूपमा स्वार्थपूर्वक बजेट चलाएको कसैले देखाउँछ भने म अहिलेको पद छोडेर हिड्न सक्छु।’



प्रतिक्रिया दिनुहोस्