Logo

भारत भ्रमणबारे आफ्ना सांसद्‍हरूलाई प्रधानमन्त्री प्रचण्डले भने : नराम्रो केहीँ गर्दिन



काठमाडौं, १६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणमा नराम्रो केही नगर्ने प्रतिबद्धता गरेका छन्।

मङ्गलबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणमा नराम्रो केही नगर्ने प्रतिबद्धता गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डको भनाईलाई उदृत गर्दै बैठकमा उपस्थित माओवादी केन्द्रका एक सांसद्‍ले भने, ‘भारत भ्रमणमा सकेसम्म जनताको हितमा हुने गरी राम्रो काम गर्छौं। नराम्रो काम नगर्ने प्रतिबद्धता जनाउँछु। अहिले परिस्थिति पनि पक्षमा बनेको छ। राम्रो काम हुन्छ।’



प्रतिक्रिया दिनुहोस्