काठमाडौं,१७ जेठ । नेकपा एमालेका उपमहासचिव तथा प्रचार विभाग प्रमुख विष्णु रिमाल र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीचको सामाजिक सञ्जालको जुहारी लगभग मत्थर भइसकेको छ ।
यी दुईबीचको साजाजिक सञ्जालको जुहारी नेपाली मिडियामा राम्रै छायो । आज फेरी उनै रिमाललाई मेयर हर्क साम्पाङले व्यंग्यात्मक रूपमा जन्मदिनको शुभकामना दिएका छन्।
मेयर साम्पाङले उपमहासचिव रिमाललाई सामाजिक सञ्जालमा लाइक र कमेन्ट सोचेजति आओस् ,चाहेजति मान्छेकोमा कन्टेन्टको इङ्गेज पुगोस् भनेर जन्मदिनको शुभकामना दिएका छन् ।
अखिल नेपाल महिला संघको कार्यक्रममा बहुलाको मेयर भनेर आलोचना गरेपछि रिमालविरुद्ध आक्रमकरुपमा प्रस्तुत भएका साम्पाङले यसबीचमा अनेकन उपमा दिएर आलोचना गर्दै आइरहेका छन् ।
अहिले फेरि साम्पाङले रिमालको जन्मदिनको अवसर पारेर त्यही विषयमा कटाक्ष गरेका हुन्।
उनले लेखेका छन् ‘जन्मदिनको शुभकामना विष्णु रिमालजी, लाइक र कमेन्टले मोबाइल ह्याङ होस्, सोचेजति मान्छेकोमा कन्टेन्टको इङ्गेज पुगोस्। फेरि पनि जन्मदिनको शुभकामना।’ file photo