Logo

आम माफीविरुद्धको मुद्दा न्यायाधीश भट्टराईको इजलासमा



काठमाडौं, १७ जेठ । रेशम चौधरीको आम माफीविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा कडायतले सर्वोच्चमा रिट दायर गरेकी हुन् । उक्त रिट सुनुवाईका लागि न्यायाधीश आनन्द मोहन भट्टराईका एकल इजलासमा परेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीलाई आम माफी दिएको थिए ।



प्रतिक्रिया दिनुहोस्