Logo

‘राष्ट्रपति पौडेल भारतको कारिन्दा’



काठमाडौं, १७ जेठ । नेकपा (एमाले)का सांसद सूर्य थापाले राष्ट्रपति रामचन्द्र पौडेल भारतको कारिन्दा भएको आरोप लगाएका छन्।

बुधबार राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि सांसद थापाले फेसबुकमा स्टाट्स लेख्दै भारतको कारिन्दा भएको आरोप लगाएका हुन्।

उनले एकपछि अर्कोगरी शृङ्खला वद्धरूपमा नेपालविरूद्ध काम भइरहेको आरोप लगाएका छन्।

उनले लेखेका छन्, ‘शीतल निवासमा राष्ट्रपतिको ओहदामा भारतीय कारिन्दालाई बिराजमान गराइएको प्रमाणित नै भयो र उन(राचपौ)ले घिनलाग्दो हर्कतका साथ अनाधिकृत रूपमा अस्तित्वमै नरहेको कथित नागरिकता विधेयक प्रमाणित गरेर आफ्नो तर्फबाट नुनको सोझो गरेको जानकारी सार्वजनिक गरिछाडेका छन्।’

 



प्रतिक्रिया दिनुहोस्