Logo

नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै राष्ट्रपति पौडेलमाथि खनिए कमल थापा



काठमाडौं,१७ जेठ । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले दुई-दुईपटक प्रमाणीकरण गर्न अस्वीकार गरेर त्यसै थन्काइदिएको विवादित नागरिकता विधेयक वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रमाणीकरण गरेपछि व्यापक आलोचना सुरु भएको छ ।

संवैधानिक रुपमा मृत भइसकेको विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति पौडेलले गम्भिर भूल गरेको टिप्पणी हुन थालेको छ । यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले विवादित विधेयक पारित गरेर राष्ट्रपति पौडेलले राष्ट्रप्रति बेइमानी गरेको आरोप लगाएका छन् ।

नागरिकता विधेयक प्रमाणीकरण भएको समचार बहिरिएसँग पौडेलमाथि खनिन् सुरु गरेका थापाले लगाताररुपमा ट्विट गर्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

निवर्तमान राष्ट्रपतिले प्रमाणीकरण नगरेको विधेयक अहिले पारित हुन् राष्ट्रपति संस्थाकै अपमान भएको थापाको दावि रहेको छ ।

यस्ता छन् कमल थापाको तीन ट्विट
१. प्रमको भारत भ्रमणको दिन नागरिकता विधेयक प्रमाणित गर्नुले प्रष्ट हुन्छ, यो विधेयक कसलाई खुसी पार्न बनेको हो । राष्ट्रहितविपरीत ठहरगरी तत्कालीन राष्ट्रपति विद्या भण्डारीले रोकेको नागरिकता विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नु राष्ट्रपति संस्थाकै अपमान हो । राष्ट्रप्रति बेइमानी हो

२. तत्कालीन राष्ट्रपति भण्डारीले वैवाहिक अंगिकृत नागरिकता लगायत राष्ट्रहितका विभिन्न प्रश्नहरु उठाएर विधेयक रोकेकी थिईन्।
अहिले नयां चुनावबाट नयां जनादेश प्राप्त संसद आएको अवस्थामा राष्ट्रपति पौडेलले ९महिना अघि निस्कृय भैसकेको विधेयक प्रमाणिकरण गर्नु संविधान र जनादेशको समेत अपमान हो  

३ . भारतीय नागरिकले नेपाली चेली विवाह गरेर लैजांदा उनले भारतको नागरिकता पाउन ७वर्ष कुर्नुपर्छ।राष्ट्रपति पौडेलले आज प्रमाणिकरण गरेको विधेयक लागु भएपछि नेपाली नागरिकले विवाह गरेको भारतीय महिलाले विवाह कै दिन नागरिकता पाउने छिन,सांसद मन्त्रि हुन पाउंछिन।
नागरिकता कागजको खोस्टो होईन



प्रतिक्रिया दिनुहोस्