Logo

खनालमाथि अभद्र व्यवहार गर्नेलाई कारबाही गर्न नेकपा एसको माग



काठमाडौं,१७ जेठ । नेकपा एकीकृत समाजवादीले पार्टीका सम्मानित नेता तथा पुर्वप्रधानमन्त्री झलनाथ खनालमाथि हिजो काठमाडौंको अनामनगरमा भएको दुर्वयवहारको घोर भत्सना गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै एसले घटनामा संलग्नलाई तत्काल कारबाही गर्नसमेत माग गरेको छ ।

‘हिजो मिति २०८० जेठ १६ गते आयोजित एक कार्यक्रममा हाम्रो पार्टीका सम्मानित नेता कमरेड झलनाथ खनालमाथि केही पुनरूत्थानवादीहरूका मतियार अराजक तत्त्वहरूले कार्यक्रमलाई बिथोल्ने नियतले होहल्ला गर्ने, नाराबाजी गर्ने, तोडफोड गर्ने र अभद्र ढंगले दुर्व्यवहार र अपमानित गरेको घटनाप्रति पार्टी घोर भर्त्सना गर्छ,’ पार्टीका उपमहासचिव डा। गंगालाल तुलाधरले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनामा संलग्न रहेका उच्छृङ्खल तत्त्वहरुलाई सरकारले कठोर कारबाही गरोस्।’

खनाल सहभागी भएको एक कार्यक्रममा राजावादी समूहका केही व्यक्तिहरुले तथानाम गाली गर्नुका साथै नाराबाजी र हुलहुज्जत गरेका थिए ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।



प्रतिक्रिया दिनुहोस्