Logo

नेप्सेमा ३८ अंकको गिरावट



काठमाडौं,१७ जेठ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसुचांक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ ।

बुधबार नेप्से सुचांक ३८.८३ अंकले घटेर १८४९.७९ अंकमा झरेको छ । आज ८७ लाख ३६ हजार कित्ता सेयर कूल २ अर्ब ३१ करोड ५१ लाख बराबरमा कारोबार भएको छ ।

बजेट सार्वजनिक भएदेखि लगातार नेप्से घटेपनि कारोबारमा भने निरन्तर वृद्धि भइरहेको छ ।

कारोबारका आधारमा आज सर्वाधिक नाफा कमाउनेमा सकारात्मक सकिर्टका साथ आतमनिर्भर लघुवित्त वित्तीय संस्था, माइखोला हाइड्रपावर, सिटिजन म्युचअल फण्ड १ पिपुल्स पावर लिमीटेड रहेका छन् ।

सर्वाधिक गुमाउनेमा नकारात्मक सकिर्टका साथ यूनिलिभर नेपाल लिमिटेड, एसीयन हाइड्रोपावर लिमीटेड, यूनिक नेपाल लघुवित्त वित्तीय संस्था र दोरी खोला जलविद्युत कम्पनी रहेका छन ।



प्रतिक्रिया दिनुहोस्