Logo

कोशी प्रदेश : कांग्रेसका सबै जिल्ला सभापतिले भने नाममा पुर्नविचार गर्नुहोस्



काठमाडौं, १७ जेठ । प्रदेश-१ को नामांकरण कोशी गरिएपछि पहिचानवादीले आन्दोलन गरिरहेका छन्।

आन्दोलन गरिएपछि उनीहरूको माग सम्बोधन गर्न नेपाली कांग्रेस कोशी प्रदेशका जिल्ला सभापतिहरूले प्रदेशको नाममा पुर्नविचार गर्न आग्रह गरेका छन्।

कोशी प्रदेशमा रहेका १४ जिल्लाका सभापतिहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नाममा पुर्नविचार गर्न आग्रह गरेका हुन्।

उनीहरूले पहिचानवादीको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन्।



प्रतिक्रिया दिनुहोस्