Logo

नागरिकता अध्ययन कार्यदलका सहसंयोजक भन्छन्, ‘देश अप्ठ्यारो परिस्थितिमा छ, निर्णायक आन्दोलन गर्छौं’



काठमाडौं, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकालमा अस्वीकृत भएको उक्त नागरिकता विधेयक प्रमाणीकरण गरेपछि राष्ट्रपति पौडेलको चौतर्फी आलोचना सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको पूर्व सन्ध्यामा राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गर्नुलाई विशेष रुपमासमेत हेरिएको छ । प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलको उक्त कदमलाई लिएर नागरिकता अध्ययन कार्यदलले घोर आपत्ति जनाएको छ । रिपोर्टर्स क्लब नेपालमा आज (बुधबार) पत्रकार सम्मेलन गर्दै नागरिकता ध्ययन कार्यदलले प्रधानमन्त्री र राष्ट्रपति पौडेलको उक्त कदमविरुद्ध सर्वोच्चको ढोका ढक्ढक्याउने चेतावनी दिएका छन् । साथै, उनीहरुले नागरिकता विधेयकको विरुद्ध कडा आन्दोलन छेड्ने चेतावनीसमेत दिएका छन् ।

कार्यदलका सहसंयोजक नारायण शर्माले देश अहिले निकै अप्ठ्यारो परिस्थितिमा रहेको बताए । देशको अस्तित्व लोप हुँदै गएको र फिजीकरणको बाटोमा रहेको अवस्थामा खबरदारीका लागि निस्कन उनले आग्रह गरे । ‘आज देश धेरै अप्ठ्यारो स्थितिमा छ । दुखको कुरा देशको अस्तित्व लोप हुँदै गरेको, देश फिजीकरण, सिक्किमीकरण हुँदै गरेको अवस्थामा हामी खबरदारी गर्न सडकमा निस्कन सकेको अवस्था छैन । निर्णायक आन्दोलनको विजारोपण यही सम्मेलनमार्फत हुन गइरहेको छ,’– शर्माले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot