Logo

नयाँ दलका सांसदहरुले कालो बस्त्रले मुख छोपेर हिँडे हुन्छः महासचिव जनसमाजवादी पार्टी



काठमाडौं, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकालमा अस्वीकृत भएको उक्त नागरिकता विधेयक प्रमाणीकरण गरेपछि राष्ट्रपति पौडेलको चौतर्फी आलोचना सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको पूर्व सन्ध्यामा राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गर्नुलाई विशेष रुपमासमेत हेरिएको छ । प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलको उक्त कदमलाई लिएर नागरिकता अध्ययन कार्यदलले घोर आपत्ति जनाएको छ । रिपोर्टर्स क्लब नेपालमा आज (बुधबार) पत्रकार सम्मेलन गर्दै नागरिकता ध्ययन कार्यदलले प्रधानमन्त्री र राष्ट्रपति पौडेलको उक्त कदमविरुद्ध सर्वोच्चको ढोका ढक्ढक्याउने चेतावनी दिएका छन् । साथै, उनीहरुले नागरिकता विधेयकको विरुद्ध कडा आन्दोलन छेड्ने चेतावनीसमेत दिएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै जनसमाजवादी पार्टीका महासचिव डम्बर विक्रम कार्कीले राष्ट्रपति पौडेलबाट राष्ट्रियता हराएको बताए । राष्ट्रपति पौडेल दास भइरहेको उनको टिप्पणी गरे । दास मानसिकता भएकालाई राष्ट्रपति मानेर बस्न आफूहरु विवस रहेको उनले बताए । राष्ट्रपतिको यो कदमविरुद्ध बुताले भ्याएसम्म लडाईँ लड्ने उनले घोषणा गरे । नयाँ दलहरुले राष्ट्रपति पौडेलको यो कदमको विरोध गर्न नसक्ने भए कालो कपडाले मुख छोपेर हिँड्नसमेत आग्रह गरे ।

‘नयाँ संसद् छ । नयाँ साथीहरु आउनु भएको छ । पक्कै राम्रो काम गर्नुहुन्छ भन्ने लागेको थियो । तर, उहाँहरु पनि एउटै मुहानमा मिसिनु भएछ । उहाँहरुले भोलिबाट हामी देशभत्त हौं भनेर हिँड्नुको तुक छैन । यसको प्रतिवाद गर्नसक्नु भएन भने उहाँहरुले भोलिबाट कालो बस्त्रले मुख छोपेर हिँडे हुन्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्