Logo

रास्वपा संसदीय दलको बैठक बस्दै



काठमाडौं, १८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बस्ने भएको छ । नागरिकता विधेयक प्रमाणीकरण र बजेट भाषणबाट व्युँतिएको संसद् विकास कोषका बारेमा छलफल गर्न बैठक बस्न लागेको बताइएको छ ।

बैठक विराजभक्त श्रेष्ठको अध्यक्षतामा सिंहदरबारमा बस्ने छ । पार्टी सभापति एवं संसदीय दलका नेता रवि लामिछाने देश बाहिर रहेकाले श्रेष्ठको अध्यक्षतामा बैठक बस्न लागेको हो । लामिछाने पत्नीसहित भारत भ्रमणमा छन् ।



प्रतिक्रिया दिनुहोस्