Logo

मन्सुरीको अध्यक्षतामा आजपाको मुस्लिम मोर्चा गठन



काठमाडौं,१८ जेठ । प्रभु साह नेतृत्वको आम जनता पार्टीले मुस्लिम मोर्चा गठन गरेको छ ।

आजपाले लालबाबु मन्सुरीको अध्यक्षतामा ६३ सदस्यीय मोर्चा गठन गरेको हो ।
मोर्चामा मनसुरी अध्यक्ष छन् भने इस्लाम हवारीलाई इन्चार्जको जिम्मेवारी प्रदान गरिएको छ ।

त्यस्तै लकमान मन्सुरी मिँया,इस्लाम मिया र सविना खातुन उपाध्यक्ष चयन भएका छन् । शेख मोविनलाई महासचिवको जिम्मेवारी दिएको छ,भने फिरोज हवारी र मोजाविर नवावलाई सचिवको जिम्मेवारी दिएको छ ।

सनिफ मियालाई कोषाध्यक्षको जिम्मेवारी दिएको छ । नजिर मिया, शेख जमाल, शेख जमाल, शेख रहिसुल आलम, नेक मोहमद, आश, शेख सकिना खातुन, मो.सालिमलगायत सदस्य रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्