Logo

तल्लो अरुण र फुकोट कर्णालीको जिम्मा भारतलाई



काठमाडौं,१८ जेठ । सरकारले तल्लो अरुण र फुकोट कर्णाली जलविद्युत आयोजना निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको अवसरमा आज दिल्लीमा दुई देशका प्रतिनिधिहरुबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

द्विपक्षीय सम्झौतामा विद्युत् उत्पादन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सूर्यप्रसाद रिजाल र एनएचपीसीका प्रतिनिधिले हस्ताक्षर गरे ।

यी सम्झौता पत्रमा हस्ताक्षर भएको जानकारी प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटघाट भएपछि आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।



प्रतिक्रिया दिनुहोस्