Logo

सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने आँट पनि गर्न सक्दैनः ओली



काठमाडौं, २० जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले जनताको समस्या समाधानका लागि कुनै काम गर्न नसकेको टिप्पणी गरेका छन् ।
पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित वर्कसप  कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सरकारले नेपालको समृद्धि, विकास र वैज्ञानिक खोज अनुसन्धानका लागि कुनै योगदान गर्न नसकेको बताएका हुन् ।

‘हामी सरकारबाट हटेपछि कुनै सरकारले सुखी नेपाली समृद्ध नेपाल भन्ने आँट गर्दैन । समृद्ध नेपाल भन्ने जसको आँट छैन, भन्न सक्दैन,’– ओलीले भने ।



प्रतिक्रिया दिनुहोस्