Logo

शेरबहादुरले गगनलाई फर्काए जवाफः ‘मलाई गाली गरेर पार्टी बलियो हुँदैन’



काठमाडौं, २० जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विरोध गरेरमात्रै पार्टी नबन्ने बताएका छन् । आज (शनिबार) नेपाली कांग्रेस ललितपुरको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले महामन्त्री गगन थापाप्रति लक्षित गर्दै गाली गरेरमात्रै पार्टी नबन्ने बताएका हुन् ।

‘गाली गरेर केही हुनेवाला छैन । काम गर्नुस्, बलियो पार्टी बनाउनुस् । विरोध गरेर पार्टी बन्दैन । पार्टी बन्न काँधमा काँध मिलाएर जनतामा जानुपर्छ,’– देउवाले भने ।

साथै, आगामी महाधिवेशनमा आफू सभापतिमा नउठ्ने उनले संकेत गरेका छन् । अर्को पटकदेखि आफूले पार्टी बलियो बनाउन सघाउने उनले बताए । ‘अब मैले सहयोग गर्ने हो । पार्टी सभापति हुने होइन । एक जनालाई गाली गरेर पार्टी बलियो हुँदैन । Photo By: Mukunda Kalikote/ Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्