Logo

ठेक्कापट्टा मिलाईदिन गृहमन्त्री श्रेष्ठलाई माओवादी कार्यकर्ताको प्रेसर



काठमाडौं, २० चैत्र । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले माओवादी केन्द्रकै नेता तथा कार्यकर्ताबाट ठेक्कापट्टा मिलाईदिन दवाब आएको खुलासा गरेका छन् । आज (शनिबार) काठमाडौंमा स्थानीय तहका दलित जनप्रतिनिधिहरुको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले माओवादीकै साथीहरुले ‘हामीले लडेर ल्याएको व्यवस्था, लौन ठेक्कापट्टा मिलाइदिनु पर्यो’ भन्नेगरेको बताएका हुन् ।

‘कतिपय साथीहरु भन्नुहुन्छ, हामीले लडेर संघर्ष गरेको, लौन ठेक्कापट्टा मिलाईदिन पर्यो । हामीले ई–विडिङको प्रक्रियामा भनेका छौं, प्रतिष्पर्धा गर्नुपर्छ । हामीले पनि ठेक्कापट्टा मिलाइदिने काम गर्ने हो भने किन संघर्ष गरेको ?’– मन्त्री श्रेष्ठले प्रश्न गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot