Logo

नक्कली शरणार्थी गिरोहका केसी बादलका छोरा प्रतीकबाटै ठगिए



काठमाडौं, २० जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रामशरण केसीले आफू पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ को छोराबाटै ठगिएको बयान दिएका छन् ।

उनले आफूले सम्पत्ति बन्धकी राखेर निकालेको साढे एक करोड र जाहेरीकर्ताबाट लिएको एक करोड रुपैयाँ गरी जम्मा दूई करोड पचास लाख बादलका छोरा प्रतीकलाई दिएको बयानका क्रममा भनेका छन् । बादलका छोरा प्रतिकमाथि पक्राउ पुर्जी जारी भइसकेको भएपनि हाल उनी फरार छन् । File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्

Screenshot