Logo

प्रतिनिधिसभाको आजको बैठक अवरोध गर्ने एमालेको तयारी



काठमाडौं,२१ जेठ । संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको संसद् बैठक अवरोध गर्ने भएको छ ।

एमालेले राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिक रूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको भन्दै संसदमा जवाफ माग्ने भएको छ ।

आज संसदमा प्रमुख विपक्षी दलका नेता समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले यी विषयमा विशेष समयमा बोल्ने तयारी गरेतापनि राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक तथा राष्ट्रको हित विपरीतका गतिविधि गरेकाले यसबारे प्रष्ट नभई सदन चल्न नदिने तयारी रहेको एमाले स्रोतले जनाएको छ ।

प्रतिनिधिसभामा आजबाट आर्थिक वर्ष २०८०-८१ को बजेटमाथि छलफल शुरु हुने कार्यसूची छ ।

एमालेले भने संविधान र राष्ट्रिय अखण्डाविरुद्ध राष्ट्रपति र प्रधानमन्त्रीबाट भएका गतिविधिबारे माफी मागेर फिर्ता नलिएसम्म सदनको नियमित कारवाही अघि बढ्न नसक्ने ठहर गरेको छ ।



प्रतिक्रिया दिनुहोस्