Logo

नक्कली शरणार्थी प्रकरणः रायमाझी र खाँणसहित १८ जनै अभियुक्त अदालतमा



काठमाडौं, २१ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण लगायत १८ जनै अभियुक्तलाई अदालतमा उपस्थित गराइएको छ ।

काठमाडौं जिल्ला अदालतमा आज उनीहरुविरुद्धको मुद्दामा थुनछेक बहस हुने भएकाले सबै अभियुक्तलाई अदालतमा उपस्थित गराइएको हो । पूर्व उपप्रधानमन्त्री रायमाझीको पक्षबाट पूर्वमहान्यायाधीवक्ताद्वय अग्नी खरेल, रमेश बडाल, वरिष्ठ अधिवक्ता सुशिल पन्त लगायतका कानुन व्यवसायीले वहस गर्नेछन् ।

पूर्व गृहमन्त्री खाँणको पक्षबाट नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, खम्बबहादुर खाती, शेरबहादुर केसी, महादेव यादव लगायतका कानुन व्यवसायीले बहस गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्