काठमाडौं, २१ जेठ । आज (आईतबार) विहान ११ बजेका लागि तोकिएको संसद् बैठक अझैं सुरु हुन सकेको छैन । एमालेले अवरोध गर्ने भएपछि संसद् बैठक सुरु हुन ढिला भएको हो । नागरिकता विधेयक प्रमाणीकरण र भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेले आपत्ति जनाएको हो । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको उल्लङ्घन गरी नागरिकता विधेय प्रमाणीकरण गरेको र त्यसलाई विधेक मान्न नसकिने बताए । रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग संक्षिप्त कुराकानी गर्दै उनले एमाले नागरिकता विधेयकको विरुद्धमा नभएपनि मृत विधेयकलाई प्रमाणीकरण गर्न नसकिने बताए ।
‘संसद्को विशेषाधिकार हनन् भएको छ । देशको राष्ट्रियतका र सीमाको विषयमा गम्भीर राष्ट्रघाती विषय प्रधानमन्त्रीले बोल्नु भएको छ । संसद्ले स्थापित मूल्यमान्यतालाई अस्विकार गर्ने काम भएको छ । राष्ट्रपतिले असंवैधानिक हिसाबले नागरिकता विधेयक प्रमाणीकरण गर्नु भएको छ ।’ बर्तौलाले भने, ‘जुन विधेयक नै होइन । निष्कृय भएको मृत विधेयकलाई संविधानले नदिएको अधिकारमा टेकेर प्रमाणीकरण गर्नु भएको छ । संसद्लाई ढाँटेर काम भएको छ । हामी हाम्रा कुरा राख्छौं । जबरजस्ती गर्न खोजे संसद् चल्न दिँदैनौं ।’