काठमाडौं, २१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमण सकाएर हिजो (शनिबार) स्वदेश फर्किएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्राणामा उनी औपचारिक भ्रमणमा भारत गएका हुन् । भारत भ्रमणबाट हिजो बेलुका नेपाल आइपुगेका प्रधानमन्त्री प्रचण्डले अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै भ्रमण निकैं सफल भएको बताए ।
विगतकोभन्दा यसपटकको भ्रमण विशेष र फरक रहेको उनको भनाई छ । यसै विषयमा रहेर प्रधानमन्त्रीको भारत भ्रमणमा संलग्न नीजि क्षेत्रका साझा नेता एवं उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालसँग प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहाहान्छन’ कार्यक्रममा पत्रकार ऋषि धमलाले गरेको संवादको सम्पादित अंशः
तपाईं चारै दिन प्रधानमन्त्री प्रचण्डसँगै रहनुभयो । यो भ्रमण उद्योग क्रान्ति ,विकास, समृद्धिको लागि उपलब्धि मुलक भएको आधार के हो ?
सम्माननीय प्रधानमन्त्रीज्यूसँगको अहिलेको भ्रमण टोलीमा सबैभन्दा ठूलो नीजि क्षेत्रको प्रतिनिधित्व भएको छ । उद्योग बाणिज्य महासंघका सिंह दाई, चेम्बर लगायत धेरै सस्थाहरुको तर्फबाट प्रतिनिधित्व गरेको थियो । दुई देशबीचको जुन सम्झौता भयो त्यसैले यो भ्रमणले नीजि क्षेत्र उत्साहित भएको छ । नीजि क्षेत्रको तर्फबाट हामी उद्योग बाणिज्य महासंघ र त्यहाको नीजि क्षेत्रको छाता संगठन सिआईआई संयुक्त रुपमा हामीले बिजनेस सवमिट अर्गनाइज गरेका थियौं । यो सवमिटमा सम्माननीय प्रधानमन्त्री र उद्योग बाणिज्यमन्त्री पिउस गोयल पनि आउनु भएको थियो । बिजनेस सवमिटमा त्यहाँको बाणिज्य मन्त्री पिउस गोयलजीले नेपालमा इनभेस्टमेन्ट गर्नको लागि भारतीय इनभेस्टरहरुलाई इनकरेज गर्नुभयो । उहाँले त्यो प्रोग्रामपछि पनि हामीलाई भेटेर एउटा सानो गु्रपमा हाम्रो छलफल भयो । उहाँले कुनै पनि समस्या अथवा अहिले भइरहेको टे«डको कुरामा त्यस्तो छ भने हामी इमिडेट सटआउट गर्छौं भन्नुभयो । नीजि क्षेत्र उत्साहित हुनुको कारण हाइड्रो पावरमा जुन एउटा लङटम १० हजार मेगवाट विद्युत दश वर्षमा लिने भन्ने भारत सरकार र नेपाल सरकारको तर्फबाट सम्झौता भयो । त्यो आफैमा वास्तबमा नीजि क्षेत्रका लागि धेरै ठूलो अवसर हो ।
यो दश हजार मेगवाट विद्युत उत्पादन र विद्युत व्यापार गर्ने मात्र हुँदैन । यसमा धेरै कुराहरु जोडिएको हुन्छ । जस्तै यहाँका सिमेन्ट उद्योगहरु, फलाम, रोजगारी सिर्जना गर्ने कुराहरु, १० हजार मेगवाटको विद्युत एक्सपोर्ट गर्छौ, त्यसले ‘ब्यालेन्स अफ पेमेन्ट ’ जुन अहिले अनब्यालेन्स भएको कुराहरुलाई पनि धेरै ठूलो सपोर्ट गर्छ । समग्रमा कतिपय चिजहरु नेपाल सरकारले प्रक्रियामा गएको कुरालाइ यसले धेरै ठूलो सपोर्ट गर्छ । जस्तै एग्रिमेन्ट र पाइपलाइनको कुराहरु छ ।
तपाईं धेरै जना प्रधानमन्त्रीको भ्रमणमा हुनुहुन्छ । विगतदेखि वर्तमानसम्मको कुरा गर्दाखेरि यसपटकको भ्रमण विगतको भन्दा यसको फरक ढङगले समिक्षा अथवा सफल बनाउन सकिन्छ भन्ने उहाँको भनाई छ । तपाईंले लगानी कर्ताहरुसहित भारतीय लगानीकर्ताहरु नेपालमा आउँछन् ।१० हजार मेगावाट विद्युत १० वर्षमा नेपालमा उत्पादन गर्न सक्छांै ? भारतले किन्ने आधार छ तपाईंसँग ?
विद्युत आजको भोली उत्पादन गर्न त्यति सजिलो पनि छैन । यसको लागि इनभेस्टमेन्ट पनि त्यतिकै जुटाउनु पर्ने हुन्छ । इनभेस्टमेन्ट जुटाउनको लागि इनभेस्टरको एउटा कन्फिडेन्स विकास गर्नुपर्ने हुन्छ । भारतीय इनभेस्टर अथवा कुनै पनि अन्य देशबाट आउने इनभेस्टरले पहिले नीजि क्षेत्रको कनसल्ट गर्छ । सरकाले पोलिसी बनाउन्छ । रियल पाटर्नसिप, जोइन्ट म्यानेजर अथवा रियल नीजि क्षेत्रको समस्याहरु के छ भनेर वास्तममा नीजि क्षेत्रबाट आउने लगानीहरु नीजि क्षत्रेसँग नै पहिले सरोकार राखेको हुन्छ । यहाँ उत्पादन गरेको विद्युत एक्सपोर्ट हुन्छ भने जब कन्फिडेन्स बढ्छ । यसले ओभरल इनभेस्टरहरुलाई पनि कन्फिडेन्स विल्ड हुन्छ । भारत भएर बङ्गलादेशमा विजुली जाने ट्रान्समिसन लाइनको कारणबाट करिब ५० मेगवाट जाने भन्ने कुरा छ । यो सुरुवात भनेको वास्तवमा आउने दिनहरुको लागि धेरै ठूलो सम्भावना छ । एउटा त एक्सपोर्टको हिसाबले पनि धेरै ठूलो सम्भावना भयो । यो अवसर देखेपछि इनभेस्टरहरु पनि नेपालमा यो इनभेस्टमेन्ट गर्यो भने यसबाट राम्रो प्रतिफल लिन सकिन्छ ।
लगगानी कर्ताहरुको सर्तहरु हुन्छ । भारतका लागानीकर्ताहरुले नेपालमा धेरै झन्झटिलो ऐन कानुनहरु छन् । लगानीकर्ताहरुलाई हामीले सहज वातवरण बनाउन सक्छौं ?
नेपालमा इनभेस्टमेन्टको हिसाबले अत्यन्तै (अपरच्यूनिटी) अवसर छ । अहिले यो बीचमा पोलिटिकल्ली इस्टाविलिटी भएन । लगानी हुन सकेन, भोलि हाइड्रो पावर (डेभलभ) विकास गर्नका लागि इनभेस्मेन्ट गर्यौं भने भाेिल बजार के होला भन्ने कुरा थियो । त्यो बीचमा जुन पहिले आएको इनभेस्टमेन्टपछि बीचमा ठूलो. इनभेस्टमेन्ट आउन सकेको थिएन ।