काठमाडौं,२१ जेठ । नागरिकता विधेयक प्रमाणीकरण लगायतका विषयमा असन्तुष्टि जनाउँदै प्रतिनिधि सभाको बैठक अवरोध गरेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको राष्ट्रिय सभाको बैठक पनि अवरोध गरेको छ ।
आज बसेको बैठकमा एमालेले राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिक रूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको भन्दै सदन अवरोध गरेको हो।
एमालेको अवरोधपछि बैठक भोलि सम्मका लागि स्थगित भएको छ । file photo