काठमाडौं,२१ जेठ । राष्ट्रिय सभाको आजको बैठकले नेपाली कांग्रेसकी नेतृ तथा पूर्व सांसद एवं पूर्वमन्त्री मिना पाण्डेको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पाण्डेको निधनप्रति शोक प्रस्ताव पारित गरिओस भन्ने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
रामेछापमा जन्मिएकी पाण्डे पटक-पटक गरि तीन पटक सांसद बन्नुकासाथै एकपटक महिला बालबालिका तथा समाजकल्याण राज्यमन्त्रीसमेत भएकी थिईन् ।
पाण्डेको निधानप्रति शोक प्रस्ताव पारित गरेसँगै बैठक भोलि दिउँसो १ बजेर एक मिनेटसम्मका लागि स्थगित भएको छ ।