काठमाडौं,२१ जेठ । सभामुख देवराज घिमिरेले एक घण्टाका लागि स्थगित गरेको प्रतिनिधिसभाको बैठक पुनःसुचारु गर्नमा ढिलाई भएको छ ।
संसद बैठक स्थगित गरेर दलका मूख्य सचेतसहितका प्रमुख नेताहरुसँग परामर्श गरिरहेका सभामुख घिमिरेले दलकाबीचमा सहमति जुटाउन नसक्दा बैठक सुरु गर्न सकिरहेका छैनन् ।
आजको बैठकमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको कदमप्रति भत्सना गर्दै प्रमुख प्रतिपक्षीसहित अन्य दलहरुले बैठक अवरोध गरेका हुन् ।