काठमाडौं,२१ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ६ देशका लागि गैरआवसीय राजदूत नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले आज संविधानको धारा १८२ को उपधारा एक वमोजिम विभिन्न देशमा कार्यरत राजदूतलाई अन्य देशको कार्यभारसमेत सम्हाल्ने गरि जिम्मेवारी प्रदान गरेका हुन् ।
जसअनुसार मलेसियाका राजदूत डिल्लीराज पौडेललाई ब्रुनाई दारुसलाम, ब्राजिलका राजदूत निर्मलराज काफ्लेलाई गणतन्त्र चिली, अष्ट्रियाका राजदूत भरत कुमार रेग्मीलाई क्रोएसिया, रुसका राजदूत मिलनराज तुलाधरलाई गणतन्त्र काजखस्तान, इजिप्टका राजदूत शुसिलकुमार पन्तलाई अल्जेरीया र डेनमार्कका राजदूत राम स्वार्थ रायलाई निथुआनियाको गैरआवासीय राजदूत समेत नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।