Logo

माओवादी महासचिव भन्छन्, ‘जन्मको आधारमा नागरिकता दिनु नै वेठीक’



काठमाडौं, २१ जेठ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले जन्मको आधारमा नागरिकता दिनु नै वेठीक भएको टिप्पणी गरेका छन् । आज (आईतबार) संवाद डबलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०३६ सालबाट सुरु भएको जन्मको आधारमा नागरिकता दिने चलन नै वैठीक भएको बताएका हुन् ।

‘यो प्रसंग ०३६ सालदेखि ०७२ सालसम्मको संविधान र कानुनमा रहँदै आएको कुरा हो । व्यक्तिगत रुपले भन्ने हो भने ०३६ सालदेखि नै यो गडबड सुरु भएको छ भन्ने लाग्छ । जन्मको आधारमा नागरिकता दिने कुरा नै बेठीक भएको छ । ०३६ सालदेखि बेठीक भयो । समीक्षा गर्नुपर्ने त्यो बेलाको हो । अहिलेको नागरिकता विधेयकको होइन,’– उनले भने ।

अहिलेको नागरिकता विधेयक संविधानको भावना र मर्म अनुसार नै रहेको उनको दाबी छ । अहिलेको विधेयकमा भन्दा पनि संविधान बनाउँदाको वखत दलहरुले विशेष ध्यान पुर्याउन नसकेको उनको आरोप छ ।

 



प्रतिक्रिया दिनुहोस्