Logo

आफूले नागरिकता विधेयक प्रमाणीकरण गर्न नपाएपछि एमालेले विरोध गरेको चित्रबहादुर केसीको आरोप



काठमाडौं,२१ जेठ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमालेले आफूले नागरिकता विधेयक प्रमाणीकरण गर्न नपाएपछि संसदमा विरोध गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै केसीले भने,अहिले साथीहरुको विरोध गरिराख्नुभएको उहाँहरुले अंगीकृत नागरिकबाट जन्मिएकालाई वंशजको आधारमा नागरिकता दिनुहुन्न भन्नेमा होइन । आफूले दिन पाइएन भन्ने मात्रै हो । २०७४ को संसदले पारित गरेको बेलामा ओलीजी प्रधानमन्त्री भएको भए निधारले सही गरेर तत्कालीन राष्ट्रपतिले दिन्थिन् ।’

‘अंगिकृतबाट जन्मिएकालाई वंशजको आधारमा नागरिकता दिन मिल्दैन । संविधानमै त्यो कुरा राखियो षड्यन्त्र गरेर । भारतीय शासकहरुले भनेका छन् नेपालमा एक करोड भारतीय छन् भनेर । एकातिर भुगोलमाथि आक्रमण, अर्कोतिर जनसांख्यिक आक्रमण गरेर भारतले नेपाललाई सिक्किम बनाउन, भुटान बनाउन प्रयत्न गरिराखेको छ। त्यसको विरुद्धमा संगठित रुपले नेपाली जनताले त्यो हस्तक्षेपको विरोध गर्नुपर्छ। नेपाललाई हिन्दु राज्य बनाउने मात्रै नभएर अखण्ड भारतमा गाभ्ने योजना छ । केसीले भने



प्रतिक्रिया दिनुहोस्