Logo

कांग्रेस सहमहामन्त्री चौधरीलाई मातृशोक,देउवाद्धारा दुख व्यक्त



काठमाडौं,२द्द जेठ । नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री उमाकान्त चौधरीलाई मातृशोक परेको छ ।

चौधरीकी आमा मदेशिया थरुनीको आज विहान निधन भएको हो ।
बिसं २००३ सालमा जन्मिएकी थरुनीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।

उनको निधनबाट नेपाली कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको पार्टीले जनाएको छ । पार्टी सभापति उनको निधनप्रति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ पार्टीका सहमहामन्त्री उमाकान्त चौधरी लगायत शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट सभापति देउवाले गहिरो समवेदना प्रकट गर्नुभएको छ ।‘



प्रतिक्रिया दिनुहोस्