काठमाडौं,२२ । नेकपा एमालेका सांसद रघुजी पन्तले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने अधिकार सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाक्ष्ई मात्रै भएको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै पन्तले विधेयक राष्ट्रपतिलाई सिफारिस गर्ने अधिकार प्रधानमन्त्रीको नभएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सभामुख हुन कि प्रधानमन्त्री भन्दै प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको स्प्रष्टीकरणमाथि प्रश्न सोध्दै पन्तले उक्त प्रश्न गरेका हुन् ।