काठमाडौं,२२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणबाट फर्कदा भैँसी चढेर आएको भन्ने समचार सार्वजनिक भएको छ भनेर अभिव्यक्ति दिएपछि संसद्मा हंगामा उत्पन्न भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो भारत भ्रमणको सन्र्दभमा प्रक्ष्टीकरण दिएपछि प्रतिउत्तरमा प्रश्न सोध्नेक्रममा खनालले उक्त अभिव्यक्ति दिएका थिए । खनालले उक्त अभिव्यक्ति दिएपछि माओवादी केन्द्रका सांसद्ले आपत्ति जनाएका थिए ।
माओवादी केन्द्रका सांसद्का आपत्तिप्रति प्रमुख प्रतिपक्षी दल एमाले तथा रास्वपा र राप्रपाले हामीले बोल्न पाउनुपर्छ भन्दै नारावाजी गरेपछि केही समय संसद्मा रमिता देखिएको थियो ।
सभामुख देवराज घिमिरेले खनालको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएपछि प्रतिपक्षीदलका सांसदहरु झन उग्र बनेका थिए ।
निक्कै लामो रस्साकस्सी पछि आजको प्रतिनिधिसभामा प्रयोग भएको भैँसी चढेको भन्नै सबै शब्द संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएपछि अहिले संसदमा छलफल सुचारु भएको छ ।