Logo

रास्वपा सांसद साहद्धारा परराष्ट्रमन्त्री साउदको राजिनामा माग



काठमाडौं,२२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम साहले परराष्ट्रमन्त्री एनपी साउदको राजिनामा माग गरेका छन् ।

प्रधामन्त्रीको भारत भ्रमणमा सहभागी भएका साउदले भारतीय सञ्चारमाध्यममा अन्तरवार्ता दिँदै साउदले भारतले जारी गरेको अखण्ड भारतको नक्साबारे नेपाललाई कुनैपनि जानकारी नभएको अभिव्यक्ति दिएका थिए ।

सांसद साउदको सो भनाईलाई लिएर सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम साहले भने‘परराष्ट्रमन्त्रीले भारतमा एउटा अन्तर्वार्ता दिनुभयो । रिपोर्टरले कपिलवस्तु, लुम्बिनी अखण्ड भारतमा समेटेको विषयमा तपाईको देशमा विवाद भएको, प्रतिपक्षी दलले यो कुरा उठाउँदै छ भनेर बारम्बार प्रश्न गर्दा मेरो सरकारलाई जानकारी छैन भनेर उहाँले बारम्बार भन्नुभयो । हाम्रो देशको अखण्डतामा, सार्वभौमिकतामा आँच पुर्याउँदा पनि जानकारी छैन भनेर उत्तर दिइन्छ भने यस्तो पराराष्ट्रमन्त्रीले राजीनामा दिएर हिँडे हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्