Logo

६७२ जनाको नमुना परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं,२२ जेठ । आइतबार कोरोनाका कुनैपनि नयाँ संक्रमण पुष्टि नभएकोमा सोमबार भने नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६७२ जनाको नमुना परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सोही अवधीमा ५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

५ जना कोरोना संक्रमण बाट मुक्त भएसँगै सक्रिय संक्रमितको संख्या १४ मा झरेको छ ।



प्रतिक्रिया दिनुहोस्