Logo

संसद् बैठक बस्न आलटाल



काठमाडौं, २३ जेठ । प्रतिनिधि सभाको बैठक आज (मंगलबार) ११ बजे बस्ने भनिएता पनि डेढ घण्टा ढिला हुँदा पनि सुरु हुन सकेको छैन । हिजो बसेको प्रतिनिधि सभा बैठकमा पनि विपक्षी दलहरुले अवरोध गरेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको विषय र नागरिकता विधेयक प्रमाणीकरणलाई लिएर एमाले, रास्वपा, राप्रपा लगायतका दलले संसद् अवरोध गरेका थिए । हिजो कै संसद्मा बजेट निर्माणका क्रममा करको दर हेरफेरमा विचौलियाको संलग्नता रहेको कुरा उब्जिएपछि आजको बैठक बस्न ढिलाई भएको हो । File Photo/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्