Logo

कोशी प्रदेश सरकारबाट माओवादी आजै बाहिरिने



काठमाडौं, २३ जेठ । नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । पार्टीको कोशी प्रदेश संसदीय दल र प्रदेश पदाधिकारीहरुको संयुक्त बैठकले मुख्यमन्त्री हिक्मत बहादुर कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

कोशीमा माओवादीले समर्थन आजै फिर्ता लिने बताइएको छ । माओवादीबाट सरकारमा रहेका मन्त्रीलाई राजीनामाको लागि पनि निर्देशन भइसकेको बताइएको छ ।

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्