Logo

संसदीय छानविन समिति नबनेसम्म सदन चल्न नदिने एमालेको रणनीति



काठमाडौं,२३ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट सार्वजनिक हुने अघिल्लो रात अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर निश्चित घरानालाई फाइदा हुने गरि करको दर परिवर्तन गरेको समचार बाहिरिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कडारुपमा प्रतिवादमा उत्रिएको छ ।

एमालेले उक्त विषयमा सत्यतथ्य छानविन गर्न संसदीय छानविन समिति बनाउनु पर्ने माग गर्दै आजको प्रतिनिधिसभाको बैठक पनि अवरुद्ध गर्ने तयारी गरेको छ । विहाज ११ बजे बस्ने भनिएको बैठक प्रतिपक्षी दलसँग कुरा मिल्न नसक्दा अझै सुरु भएको छैन ।

सोमबारको बैठकमा पनि करको दर हेरफेरमा बाहिरको व्यक्तिलाई संलग्न गराएको भन्दै भन्दै एमाले सांसद ठाकुर गैरे, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही,र नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले प्रश्न उठाएका थिए।



प्रतिक्रिया दिनुहोस्