Logo

करका दर हेरफेर प्रकरणबारे गोकुल भन्छन् : करका दरमा गठेले हैरान गर्ने भो



काठमाडौं,२३ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराई निश्चित घरानालाई लाभ पुग्नेगरि करका दरमा हेरफेर गराउर करोडौंको राजस्व चुहावट गराएको भन्दै तिब्र आलोचना भइरहेको छ ।

संसदको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले तथा अन्य दलहरु रास्वपा र राप्रपाले संसदीय छानविन समिति बनाउनुपर्ने अडान लिएपछि विहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अझै बस्न सकेको छैन ।

करका दर हेरफेरको समचार बाहिरिएपछि नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले सरकारलाई व्यंग्य गर्दै करका दर हेरफेर गरेर गठवन्धन सरकारले हैरान बनाएको टिप्पणी गरेका छन् ।

आज सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै बाँस्कोटाले बजेट बनाउने बेलामा हतार-हतार सरकारले कर्मचारी हेरफेर गर्ने गरेकोप्रति असन्तुष्टि जनाएका छन् ।

उनी लेख्छन् ‘कहिले मुसाले तार कट्छ कहिले कस्ले कागज फेरिदिन्छ।अर्थमा बजेट निर्माण सुरु भए पछि किन सरकारले हतारमा कर्मचारी फेर्छ ? करका दरमा गठेले हैरान गर्ने भो’ । file photo



प्रतिक्रिया दिनुहोस्