Logo

इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री महत



काठमाडौं,२३ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट निर्माणकबा क्रममा आफुले कुनैपनि गल्ति नगरेको भन्दै आफ्नो इमान्दारीताबाट एक इन्चपनि नहल्लिएको प्रष्टीकरण दिएका छन् ।

प्रतिनिधिसभामा उठेका विषयमा स्पष्टीकरण दिँदै उनले भने, “इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन । निजी स्वार्थ भएकाहरु पछि लागेका छन् । भएको यही हो ।”

इमान्दार भएर काम गर्न गाहो पर्ने उल्लेख गर्दै उनले भने “विचौलियालाई छेउमा पनि आउन दिएको छैन,” विभिन्न फोरमबाट सुझाव दिए । हामीले सुनेका पनि छौँ । इमान्दार हुँदा प्रश्नमाथि प्रश्न उठ्दोरहेछ । एउटा पत्रिकाले समाचार पटक पकट दोहोर्याउँछ । हामी त्यसलाई सत्यता ठान्छौँ । तर हामी कसम खाएर बसेकालाई पत्याउदैनौँ ।”



प्रतिक्रिया दिनुहोस्