Logo

बजेट वक्तव्य टाइप गर्नमात्रै नासुलाई मन्त्रालय भित्र्याएको अर्थमन्त्रीको प्रष्टीकरण



काठमाडौं,२३ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट तयार पार्ने क्रममा कुनैपनि अनधिकृत व्यक्तिलाई प्रवेश नगराएको प्रष्टीकरण दिएका छन् ।

प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै महतले अवकासप्राप्त नायव सुब्बालाई बजेट वक्तव्य टाइप गर्नमात्रै मन्त्रालयमा ल्याइएको प्रष्टीकरण दिएका छन् ।

“निर्णय प्रक्रियामा मसहित सचिवहरू तथा महानिर्देशक मात्र संलग्न थियौँ,” उनले भने, “हामीले भनेअनुसार टाइप गराउने काम श्रेष्ठलाई गराएका थियौँ ।”

उनले बजेटमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको विषयमा मिडियामा असत्य खबर सार्वजनिक भएको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्