Logo

आफ्नै पार्टीका सांसदद्धारा अर्थमन्त्री महतलाई प्रश्नैप्रश्न



काठमाडौं,२३ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतलाई आफ्नै पार्टीका सांसद रामहरी खतिवडाले प्रश्नैप्रश्न गरेपछि महत अचम्मित भएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा करका दर हेरफेर सम्बन्धमा अर्थमन्त्रीलाई सांसदहरुले प्रश्न गर्ने र अर्थमन्त्रीले जवाफ दिने कार्यक्रम रहेको थियो । सोही अनुरुप अर्थमन्त्री महतलाई प्रश्न सोधेका खतिवडाले बजेट बनाउँदा अवकास प्राप्त कर्मचारीलाई मन्त्रालयमा प्रवेश कस्ले दियो भन्दै प्रश्न गरेका छन् ।

उनले भने “अर्थ मन्त्रालयमा एकजना कर्मचारी रामकृष्ण श्रेष्ठलाई २०७९ साल फागुन १९ गतेका दिन नेपाल सरकारले निर्णय गरेर नियुक्त गरेको देखिन्छ । त्यतिबेला अर्थमन्त्री को थिए ?,” खतिवडाको प्रश्न थियो,“दुई वर्षअघि रिटार्यड भएको कर्मचारीलाई नियुक्त गर्नुपर्ने जरुरी के पर्यो ? फागुन २५ गतेदेखि लागु हुने गरी २०८० साल असाढ मसान्तसम्म रहने गरी महिनाको ३४ हजार ४३० रूपैयाँ तलब पाउने गरी किन, कसको इन्ट्रेस्टमा नियुक्त गरिएको हो ? र त्यसको जवाफ म अर्थमन्त्रीबाट चाहन्छु । बेरुजु विशेषज्ञको रूपमा उसलाई नियुक्त गरिएको छ, यति धेरै अधिकार दिएर तत्कालीन अवस्थामा केका लागि नियुक्त गरियो कसले नियुक्त गर्यो अर्थमन्त्रीबाट जवाफ चाहन्छु । उसलाई किन निरन्तरता दिनुपर्यो ? यसको जवाफ चाहन्छु ।”

 



प्रतिक्रिया दिनुहोस्