Logo

नेप्सेमा दोहारो अंकको वृद्धि



काठमाडौं,२३ जेठ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचांक नेप्सेमा दोहारो अंकको वृद्धि भएको छ ।

नेप्से परिसूचक मंगलबार २५.६६ अंकले वृद्धि भएको हो । सोमबार १७ अंकले घटेको नेप्से परिसूचक मंगलबार १.३५ प्रतिशतले वद्धि भएर १९२७.६५ विन्दुमा बन्द भएको छ ।

आज कारोबार रकममा पनि वृद्धि भएको छ । आज२६९ धितोपत्रको ५५ लाख ४१ हजार ८७८ कित्ता एक अर्ब ९८ करोड रुपैयाँमा खरिद–बिक्री भएको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा होटेल तथा पर्यटन समूह रहेको छ । यो समूहको परिसूचक ५.६७ प्रतिशतले वृद्धि भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्